
२१ असार ०७९, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंको अनामनगरमा कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्दै उनले एउटै पार्टीमा त समस्या हुने भन्दै गठबन्धन भित्रको समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका हुन् ।
सभापति देउवाले अहिलेको अवस्थामा पार्टीसँगै गठबन्धनलाई मिलाएर लैजानुपर्ने चुनौती रहेको बताए । सभापति देउवाले कठिन राजनीतिक मोड पार गर्दै स्वर्गीय कोइरालाले कांग्रेस र देशलाई योगदान दिएको उनको भनाइ थियो ।
देउवाले हतियार उठाएर हिडेँका पार्टीलाई पनि शान्ति प्रक्रियामा ल्याएको कोइरालाले ल्याएको बताए । कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरे । पाँच दलीय गठबन्धनलाई उडिरहेको जहाज भएको भन्दै उपसभापति गुरुङले यसलाई सुरक्षित अवतरण गर्न आवश्यक रहेको बताए । उनले जहाजभित्रै बसेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले ङ्यारङ्यार ङुरङुर गर्न थालेको आरोप समेत लगाए ।








प्रतिक्रिया