६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रामेछाप बस दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो



२१ असार ०७९, काठमाडौं ।  रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, सुनापति–४ की २६ वर्षीया समरिता तामाङ,  काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर बिक रहेका छन् ।

प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

आज बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ४ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।