९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सास्ती




२२ असार ०७९, चापागाँउ । दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ ।
ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाँउ बजारमा यातयात चल्न नपाउदा हजारौ यात्री सास्ती खेप्न बाध्य छन् ।
एकै पटक तीन ठाँउबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारको ढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् झन् कष्टकर बनिरहेको हो ।
एकै पटक कम्तिमा दुई ठाँउबाट सुरु गरेर दिनरात काम गरे २ हप्तामा काम सकिने स्थानीय राजन महर्जन बताउछन् । उनी भन्छन्, ‘असक्षम ठेकेदारले काम पाएपछि हामीले सास्ती पायौं ।’
स्थानीय मुख्य सडकको कछुवा हिडाई भएको स्थानीय मनिपाल कर्माचार्य गुनासो गर्छन् । ‘सडक बनाउदा खरायो हिडाई हुनु पर्ने हो ।’ उनी भन्छन् ।
चापागाँउको ज्योतिविहारदेखि टुसालसम्म ७ सय मिटर सडक ढलान गर्न महिनौ हप्तौ लाग्ने अवस्था देखिएको छ । सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्क अहिले झ्यालीपाटी सडकमा सरेको छ । लेले टिकाभैरवको बस छम्पी हुँदै लगनखेल जाने गरेको छ ।

स्थानीय टाहाखेल, झरुवाराशी,चारघरे, न्यौपानेगाँउलगायतका यात्रु बस चढ्नकै लागि ४५ मिनेटसम्म हिडेर आउजाउ गर्नु पर्ने बाध्यता छ ।
चरघरेकीका रमेश लामा बस चढ्नका लागि लामो बाटो हिड्नु पर्ने हुँदा सधै अफिस पुग्न ढिला हुने गरेको बताउछन् । भन्छन्, ‘बाटोका कारण समयमा अफिस नपुग्दा जागिरै जाला जस्तो भइसक्यो ।’
पछिल्लो समय ठेकेदारले २५ जना कामदार लगाएर काम गरिरहेको बताउछन् । उनी भन्छन्,‘डण्डी राखेमात्रै ढलान हुन्छ । मेसिनले १ सय मिटरभन्दा माथि रेडिमिक्स फाल्दैन ।’
यात्रु आउजाउ गर्ने बाटो भएकाले डण्डी बाध्न र काम गर्न बाधा परेको उनीहरुको गुनासो छ ।
सडक विभागले ठेक्का करिव ४ करोड रुपैयाँमा लगाएको यस सडक नवजानुका जेभिले ठेक्का पाएको हो ।
चापागाँउ गोदावरी नगरपालिकाको गोदावरी लेले,छम्पी, डुकुछाप रदेविचौका साथै दक्षिण ललितपुरको वागमती, कोञ्ज्योसोम र महाँकाल गाँउपालिकाको केन्द्रको रुपमा स्थापित छ । काठमाडौं उपत्यका आउजाउ गर्न उत्तरी मकवानपुरका भिमफेदी बकैया र वागमती गाँउपालिकाका स्थानीय चापागाँउ बजारको बाटो प्रयोग गर्छन् ।

सडक बन्द भएपछि चापागाँउमा रोकिएका सवारी साधन । तस्विर : न्युज कारखाना

नवजानुका जेभिका प्रतिनिधि लेखनाथ अधिकारीले खानेपानीको पाइप मर्मत गर्न निरन्तर सडक खनेपछि काममा बाधा भएको बताए । उनले भने, यो महिनाको अन्तिमसम्म ढलान सकिन्छ । त्थयसपछि सडक मर्मत र ड्रेनको काम सुरु हुन्छ ।
गोदावरी नगरपालिका ११ का वडाध्यक्ष निलबहादुर देसाले काममा बाधा भएपछि आफूले खानेपानीको पाइप मर्मत गर्न सडक खन्न रोक लगाएको बताए । उनले भने, मैले सिफारिस दिन छोडिसके अव काम हुन्छ । ढलान गरेपछि खानेपानीको पाइप निकाल्न र राख्न नमिल्ने भएपछि स्थानीयहरु नयाँ पाइप राख्न सडक फेरि खनेर पाइप राख्न थालेका हुन् । ठेकेदार प्रतिनिधि अधिकारी आफूहरुले सडक पेलेर काम गर्न ठिक्क पारेपछि खानेपानीले सडक बिगा।ेको आरोप लगाए । भने, ‘हाम्रो खर्च, समय बर्बाद भयो । स्थानीयलाई सास्ती भयो ।’
ठेकेदारले पैसा नदिदा मजदुरलाई समस्या
सडकका काम गर्दा काम चाडो नभएको गुनासो सुन्ने श्रमिकहरु भने आफूहरुले पैसा पाए नपाएको कसैलाई वास्ता नभएको बताउछन् ।
ढलानमा खटिएका पुरेन लिम्बुले ठेकेदारले काम गरेको पैसा नदिदा समस्या परेको बतए । उनी भन्छन्,‘ठेकेदारले अहिलेसम्मको पैसा हिसाव गरेर दिएको छैन । आजकल रासन खान पनि समस्या छ ।’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ५५ बजे