९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंंमा साझाको बिजुली बस



२३ असार ०७९, काठमाडौं । साझा यातायातले बिहीबारदेखि काठमाडौंंमा बिजुली बसको सेवा सुरु गरेको छ । पहिलो चरणमा ल्याइएका ३ वटा बिजुली बसले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो ।

बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरे ।

यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ ।

अहिले ९ मिटर लामो बस किनिएको हो । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : २५ बजे