९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको गोदामचौरबाट युवती बलात्कारको आरोपमा २ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२५ असार ०७९,ललितपुर । २४ वर्षीया युवती बलत्कार(जबरजस्ती करणी) को अभियोगमा २ जनालाई प्रहरीले ललितपुरको गोदामचौरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका ४ ईमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका १० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढिगंगा गाउँपालिका ५ घर भएका ३५ वर्षीय ईलिभास मिया रहेका छन् ।
उनीहरूले ती युवतीलाई ईमाडोल सेतीपाखास्थित निजहरूको डेरा कोठामा लगी आइतबार राती बलत्कार गरेको प्रहरीको भनाई छ । बलत्कार भएको सूचनापछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका १ गोदामचौरबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ०९ बजे