९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्वार्खोबाट तिनकुनेसम्म जाँदा एक यात्रु बसमा लुटिएपछि…




२५ असार ०७९, ललितपुर । ग्वार्खोबाट तिनकुनेसम्म जाँदा एक यात्रु लुटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं कपन बस्ने धनुषा धारापानी नगरपालका ८ घर भएका २४ वर्षीय संजय मगरको नगद १ लाख ८३ हजार ५ सय रूपैयाँ पाकेटमारी भएको हो ।
हाल अल्फाबेट नम्बर नखुलेको बसमा मगरको पछाडि भिर्ने झोलामा राखिएको उक्त नगद अपरिचित व्यक्तिले पाकेटमारी गरी लगेको प्रहरीले बताएको छ ।
घटनाको पाकेटमारी भएको सूचनापछि प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले पाकेटमारीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ३८ बजे