८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरमा खानीले उजाडिएको बन र बस्ती (तस्विरहरु)



टिकाभैरव खोलामा सञ्चालनमा ल्याइएको क्रसरहरु ।

न्युज एजेन्सी नेपाल

२५ असार ०७९, ललितपुर । यो हरियाली मौसममा पनि ललितपुरको टिकाभैरव,नल्लु, देविचौर र लेले क्षेत्र उजाड लाग्छ । यहाँबाट उभिएर हेर्दा डाँडा पाखा पहिरोले बगाए झै विरक्त लाग्दो देखिन्छ भने बस्ती बाढीले बगाएको बगरजस्ता छन् ।

डुकुछापको बालुवा खानी ।

बर्षै अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सिमा मिचेर खोला र जंगल मासेका छन् ।
ढुंगा खानी नीजि जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको हो । खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । यहि पहिरोको आडमा कतिपय व्यावसायीले ढुंगा निकालेर पैसा कमाइरहेको आरोप छ ।

महादेव खोलामा युनाइटेड सिमेन्टले सञ्चालनमा ल्याएको खानी ।

बेला बेलामा प्रशासनले विना दर्ता अबैद्य खानी सञ्चालन गरेको भन्दै बन्द गर्ने गरेको छ । यहाँ पानीको श्रोत सुकेको र पर्यावरणमा गम्भिर असर परेको भन्दै स्थानीय पनि आन्दोलित हुन्छन् । तर छलफल र सहमतीपछि फेरि खानी खानी सञ्चालन हुने गरेको छ ।

महादेव खोला ।

लेलेको महादेव खोलामा एक सिमेन्ट कम्पनीले वनसँगको कानूनी प्रकृया पुरा गरेर ढुंगा निकालेको भए पनि साँठगाठ गरेर व्यावसायीले जंगलको ढुंगा अवैद्य रुपमा झिकेर बिक्रि गर्ने गरेको स्यानीयहरु आरोप लगाउछन् ।

ललितपुरको देविचौर ।

उता डुकुछाप देविचौर सडक निर्माण गर्ने भन्दै ढुंगा निकालेर विक्रि गरेको भन्दै स्थानीयले विरोध गर्ने गरेका छन् । तर व्यावसायी भने आफूहरुले बाटो मात्रै बनाएको भन्दै पञ्छिन्छन् । यहाँबाट ढुंगा निकालेर नजिकै क्रसरमा रोडा बनाएर बिक्रि गर्ने व्यावसायी भने सडकनजिक ढुंगा निकालेर ठुला ठुला पहिरो नै बनाएको देख्न सकिन्छ । डुकुछापको भित्ता पनि उस्तै गरेर कोपरिएको छ । खानीको अनुमती नलिइ यहाँ वालुवा बिक्रि गर्दा पहिरोको जोखिम बढेको भन्दै स्थानीय चिन्तित छन् ।

नल्लु खोला । खानीका कारण धमिलो बनेको पानी ।
नल्लु बन क्षेत्र ।
टिकाभैरवको खानी ।
टिकाभैरवको खानीमाथि रहेको सानोभैसे बस्ती ।
टिकाभैरवमा सञ्चालित क्रसरले उढाएको धुलो र बस्ती ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : १२ बजे