१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनएफपिजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई




२५ असार ०७९, काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगीतको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५औं वार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो ।
स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, रासस, हाम्रो जन्मभूमि, नियात्रा टिभि रेडियो पर्यावरण, फोटोपत्रकार सघ धादिङलगायत हाम्रो फूटसल टिम, गुरुङ पत्रकार संघ सहाभागी थिए ।
त्यसैगरि दोस्रो चरणमा जितेर आएका ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो । हाम्रो फुटसल पत्रकार टिम वाइ पाएर सिँधै फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो । १५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २÷२ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका छन् ।
उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकष्ण भण्डारी पाउन सफल भए । विजेताहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र संस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गरेका थिए । न्युज कारखाना

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।