८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरीका भित्री सडक छन् जताततै हिलाम्मे (तस्विरहरु)




२७ असार ०७९, ललितपुर । ललितपुरको गोदावरीका भित्री सडक हिलाम्मे हुँदा स्गानीय यात्रु सास्ती भोग्न बाध्य छन् ।


पछिल्ला दिनमा ८ मिटरभन्दा साधुरा नगरपालिकाका अधिनमा रहेका सडक स्थतरोन्नती नहुँदा स्थानीयले दुख पाएका हुन् । झरुवाराशी लेले भागावन चापागाँउ, बोहोराटार चापागाँउ चापागाँउ शेराफाँट, कोटडाँडा टौखेल र चापागाँउ डुकुछापको सडक हिलाम्मे भएका हुन् ।


भित्री सडक हिलाम्मे हुँदा पैदल र मोटरसाइकलमा सभार यात्रुले हैरानी भोग्नु परेको छ ।
लेलेका रमेश महतले सडक हिलाम्मे हुँदा अप्ठ्यारो पर्ने गरेको बताए । उनले भने, ‘बर्षामा हिलो हुदा घाम लागे हुने जस्तो लाग्छ । घाम लाग्यो भने धुलो उडेर हैरान ।’


स्थानीय किसान र कार्यालय जाने यात्रु सडक कच्ची हुँदा समस्यामा पर्ने गरेको उनी बताउछन् ।
नगरपालिकाले स्थानीय सडक कालोपत्र वा ढलान गर्न जाँगर नलगाउदा यो समस्या आएको छ ।


गरपालिकाले यो आर्थिक बर्षभित्र १० मिलोमिटर सडक ढलान वा कालोपत्र गर्ने कार्यक्रम बजेट मार्फात अघि सारेकोगोदावरी ११ का वडाध्यक्ष निलबहादुर देशारले बताए ।
गएको आर्थिक वर्षमा नगरपालिकाले चापागाँउबाट बज्रवाराहीसम्म १ झण्डै किलोमिटर सडक कालोपत्र गरेको थियो ।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : २१ बजे