२७ असार ०७९, काठमाडौं । काठमाडौं महानगरले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। महानगरका मेयर बालेन्द्र शाहले रातोपुलनजिकै धोबीखोलामा फोहोर फालेको छानबिन गरी कारबाही गरिएको बताएका हुन्। ‘धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ’, बालेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘छानबिन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई २५ हजार जरिवाना गरेका छौँ।’
२७ असार २०७९, सोमबार
0
Shares
प्रतिक्रिया