२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन २६० संक्रमित थपिए



३० असार ०७९,काठमाडौं । नेपालमा एकैदिन २६० जनामा संक्रमण पुष्टि भएको छ। बुधबार २०६ जना संक्रमित थपिएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३८४४ नमूनामध्ये २६० नमूनाको पोजिटिभ रिपोर्ट आएको हो।

मन्त्रालयका अनुसार २०२७ नमूनाको पीसीआर र १८१७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट २१४ र एन्टिजेनबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप ४८ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन्। यस्तै, पछिल्लो २४ घन्टामा ७२ हजार ३२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल १४ जनाको आईसीयू र १ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।