१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु




३२ असार ०७९, भक्तपुर । कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । भक्तपुरको दरवार क्षेत्रमा साइकलयात्रीहरु जम्मा भई च्यालेन्ज सुरु भएको हो ।
च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना खाएपछि थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम छ ।
सहभागीहरूमध्ये नगरकोटसम्म सबै गएका थिए । त्यहाँंबाट तीन छुट्टाछुट्टै रुट पक्रने छन् । नगरकोटबाट ५०, ७५ र १०० किलोमिटरका तीन वटा रूट तयार गरिएको छ । सोहीअनुसार उनीहरु छुट्टिएका हुन् ।

भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग संकलन गरी कोष स्थापना गर्न कार्यक्रम गरेको आयोजकको भनाइ छ । कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १ : २७ बजे