२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारत पुगेर प्रचण्डले भेटे विदेशमन्त्री एस जयशंकर




३२ असार ०७९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा त्याहाका विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका छन्।
भेटमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन ।
‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।