१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


श्रीलंकामा चरम आर्थिक संकट, रित्तिदै कोलम्बोका सुपर मार्केट




एजेन्सी
३२ असार ०७९,कोलम्बो । श्रीलंकामा राजनीतिक र आर्थिक संकट चर्किदै गएपछि राजधानी कोलम्बोका सुपरमार्केटहरूमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू सकिन थालेका छन् ।
संकटग्रस्त टापु राष्ट्रमा, मानिसहरू खाना पकाउने ग्यास, मट्टितेल, पेट्रोल, चिनी, दुध पाउडर, र औषधिजस्ता अत्यावश्यक सामग्रीका लागि घन्टौँसम्म लाइनमा बस्न बाध्य छन् ।
राष्ट्रसंघीय निकायहरूका अनुसार लगभग २ दशमलब ३ मिलियन बालबालिका सहित ५ दशमलब ७ मिलियन श्रीलंकालीहरूलाई अहिले तत्काल मानवीय सहायताको आवश्यकता छ ।
चाइना सेन्ट्रल टेलिभिजन (सीसीटी)का अनुसार कोलम्बोका सुपरमार्केटका धेरै तख्ता आधा खाली छन् । दैनिक उपभोग्य वस्तुहरू विशेष गरी अण्डा र रोटीको अभाव छ ।
‘खाद्य पदार्थको मूल्य धेरै उच्च छ । मार्चपछि मूल्य वृद्धि धेरै उच्च छ । सामान्य खाद्यको मूल्य पनि आकाशिएको छ । इन्धनको मूल्य बढेसँगै खाद्यान्नको मूल्य बढ्यो । त्यसयता ढुवानी गरिएका सामग्रीको मूल्य एकदमै उच्च भयो’, स्थानीयवासी श्री नुवानले भने । इन्धन अभावले देशको सम्पूर्ण यातायात क्षेत्र प्रभावित छ ।
तीब्र आर्थिक संकटबीच जारी पदर्शनपछि बुधबार भागेर माले पुगेका गोटाबाय राजापाक्षे बिहीबार सिसंगापुर पुगेका छन् । उनको राजीनामा सभामुखले स्वीकृत गरेका छन् भने प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक राष्ट्रपति बनेका छन् ।
प्रदर्शनकारीले प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।