४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नागरिक लगानी कोषले बढायो ब्याजदर




१ साउन ०७९, काठमाडौं । नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो ।
जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।
आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०÷१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश कोष र राष्ट्रसेवक कर्मचारी सावधिक जीवन बिमा कोषको ब्याजदर भने समान ७ दशमलव ५ प्रतिशत तोकिएको सूचनामा उल्लेख छ ।
८० प्रतिशत सापटी लगानीकर्ता अवकाश कोषमा ९ दशमलव ५ प्रतिशत ब्याजदर तोकिँदा नागरिक एकांक योजनाको ब्याजदर ९ प्रतिशत तोकिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।