१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको जोरपाटीमा प्रकृतिक ग्याँस विस्पोट



३ साउन ०७९, काठमाडौं ।  काठमाडौं जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

तस्बिरः रमेश खतिवडा

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : २१ बजे