६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अहिलेको गठबन्धन आफैं टुट्छः ओली



४ साउन ०७९, काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो गठबन्धन एक दिन आफैं तोडिने उनले दाबी गरे ।

‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उनले भने ।

ओलीले कोही वामपन्थी छन् भने एमाले एकताका लागि खुला रहेको पनि बताए । ‘तर, आफ्नै पार्टीका साथीहरू अर्को पार्टीका उम्मेदवारलाई भोट हाल्न दौडिरहेका बेला अर्को पार्टीसँग एकता के गर्नु ?’ उनले भने । ओलीले कांग्रेसको पुच्छर बनेकाहरू कम्युनिस्ट पार्टी नभएको फेरि पनि दोहोर्‍याए । केही समयअघि उनले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी नभएको आरोप पनि लगाए ।

उनले स्वार्थका लागि गरिएको गुटबन्दीले आफ्नो स्वार्थ पूरा नभए पार्टी फोडेर जाने बताए । उनले पार्टीमा गुटबन्दी अब सैह्य नहुने पनि चेतावनी दिए । गुटबन्दी नगर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।