१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही




५ साउन ०७९, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपयत्कामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारीचलाउने ७४ जना सवारी चालक रहेका छन् ।
यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : ०५ बजे