२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समितिको समय थप्न माग, जनार्दनको बयान: ‘अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन’



५ साउन ०७९, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् ।

आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ ।

उक्त समितिको बिहीबार बैठकमा उपस्थित भएर शर्माले आफूले अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका हुन् । आफूमाथि लागेको आरोपलाई बारम्बार अस्वीकार गर्दै उनले देशको आर्थिक अवस्था हेरेर विधि र प्रक्रियामा रहेर बजेट निर्माण गरेको दाबी गरे ।

बयानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

यसैबीच शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले म्याद थप्न माग गरेको छ । बिहीबार शर्मासँग छलफल गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए ।

प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखिख गणना हुनेगरी १० दिनको समय दिएको छ ।

न्युज कारखाना

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।