४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा बढ्यो कोरोना, नेपालमा त्रास




६ साउन ०७९, काठमाडौं । निरन्तर रुपमा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा त्रास बढेको छ । अघिल्ला तीनै वटा कोरोनाका लहर भारतमा फैलिएपछि मात्रै नेपालमा प्रवेश गरेको कारण नेपालमा त्रास बढेको हो ।
भारतमा विहीबार एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २ सय ३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८ सय ७० जनाको मृत्यु भइसकेको छ ।
भारतमा कोरोना बढेपछि विशेष गरेर सिमा जोडिएका तराइ क्षेत्रमा कोरोना संक्रमण बढ्ने गर्छ । देशको पुर्वपश्चिम र उत्तर दक्षिण तीनैतिर भारतको सिमा रहेकाले पनि कोरोनाको त्रास बढेको हो । खुला सिमानाका कारण आवतजावत धेरै हुँदा यो अवस्था आएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : १४ बजे