२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौकै एक सहकारीमा डकैती




५ साउन ०७९, काठमाडौं । काठमाडौंमै उक सहकारीमा डकैती भएको छ । प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका ४ बाफल सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रूपैयाँ नगद बिहीबार डकैती भएको हो ।
सहकारी संस्था रहेको भवनको मुलढोकाको ताल्चा फुटाई अपरिचित व्यक्तिहरूको उक्त नगद चोरी गरेको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।