२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काट्न थालियो सल्लाघारीका रुख(भिडियोसहित)



९ साउन ०७९,भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित सडक छेउमा रहेका जोखिमयुक्त रुखहरू धमाधम काट्न थालिएको छ। आइतबार सडक छेउमा रहेको रुखले किच्दा सार्वजनिक बस र स्कुटरमा सवार ३ जनाको निधन भएको थियो। सो घटनामा झण्डै १५ जनाभन्दा बढी घाइते भएका थिए।

चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको सल्लाको रुख ढलेपछि सो घटना घटेको थियो। सोही क्षेत्रमा शनिबार पनि एउटा रुख ढलेको थियो। यद्यपि सो रुखले कुनै क्षति भनेको गरेको थिएन।

आइतबार ढलेको रुखले क्षति पुर्‍याएपछि स्थानीयहरुको सक्रियतामा जोखिमयुक्त रुखहरू काट्न थालिएको हो।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।