२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनको सार्वजनिक यातयातमा सधै भीडभाड (तस्विरहरु)



९ साउन ०७९, काठमाडौं । ललितपुरको पाटनबाट चल्ने सार्वजनिक यातयातमा सधै भीडभाड हुने पाइएको छ ।


यहाँबाट चापागाँउ,सुनाकोठी, बज्रवाराही,गोदावरी लुभुलगायतका वस माइक्रोबस र टेक्पोलगायतका सार्वजनिक यातयातमा अत्यन्तै भीड हुने गरेको हो ।


लगनखेलबाट चापागाँउ यात्रा गरिरहेका कमल दाहालले यो रुटमा सधै एउटै समस्या भोग्नु परेको बताए । उनले भने, आजभन्दा २० २५ वर्षअघि पनि यही समस्या थियो । आज पनि छ ।


हरेक साँझ र विहान कार्यालय समयमा भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । यसरी झुण्डिएर यात्रा गर्दा जोखिम बढेको छ ।


यहाँका सवारी चालकहरु भने दिउँसो यात्रु नपाउने र साँझपख भीड बढ्ने गरेको बताउछन् । एक सवारी चालकले भने, ‘दिउँसो डिजेलको पैसा नै उठ्दैन । विहान बेलुका यात्रु बसमा नकोचे खाजा खाने पैसा नै बच्दैन ।’


उता सार्वजनिक यातयात चलाउने चालकहरु पनि धेरै पैसा पाए रुट छोडेर रिर्जभ खोज्ने गर्दा पनि यो समस्या बढेको हो । विहान बेलुका विद्यालयको टिप बोक्न धेरै गाडी जाने हुँदा अफिस समयमा सब कम हुन्छ अनि भीड बढ्ने गरेको एक यात्रुले बताए ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।