२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतको १५ औं राष्ट्रपतिको रुपमा मुर्मुले लिइन् शपथ



९ साउन ०७९, काठमाडौं । भारतको १५ औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मुले शपथ लिएकी छिन्। यससँगै उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी छिन्।  भारतका प्रधानन्यायाधीश एनवी रमन्नाले द्रौपदी मुर्मुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

जुलाइ २१ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुर्मु विजयी भएकी थिइन्। उनले खसेको समग्र मतमध्ये ६४ प्रतिशत मत पाएकी थिइन्। शपथ ग्रहणपछि सामाजिक सञ्जाल ट्वीटरमर्फत मुर्मुले आफ्नो जितले गरीबहरुले ठूलो सपना देख्न मात्र होइन, त्यसलाई पूरा पनि गर्न सक्छन् भन्ने प्रमाण दिएको उल्लेख गरेकी छिन्।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : ३६ बजे