
९ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ८०७ वटा नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज एकजना संक्रमितको ज्यान गएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा २९५ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार ४१९ पुगेको छ ।
आज ४१ जिल्लामा कोभिड १९ संक्रमित देखिएका छन् । आज देशभर रहेका तीन हजार ५३४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ४०७ जना होम आइसोलेसनमा र १२७ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये २७ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया