२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमितको पाँच महिनाकै उच्च, एकैदिन ६३८ संक्रमित थपिए, दुई जनाको मृत्यु



१० साउन ०७९, काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या पाँच महिना यताकै उच्च रहेको छ । दैनिकजसो बढिरहेको संक्रमितको संख्या बढ्ने क्रममा मंगलबार ६३८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार २४ घण्टामा दुई जना कोभिड १९ संक्रमितले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा भएको कुल पाँच हजार ५५ नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये दुई हजार २१५ जना पीसीआर परीक्षण गरिएकोमा ४०० जना र दुई हजार ८४० एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि फागुन ४ गते, मंगलबारकै हारहारीमा संक्रमित थपिएका थिए । सो दिन ६३९ जनामा संक्रमण देखिएको थियो । मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौंका १६५ जना, ललितपुरका ६२ जना र भक्तपुरका ६ जना छन् । सोहि अवधिमा कोरोनन संक्रमणमुक्त हुने २१८ जना छन् । हाल देशभरमा तीन हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।