६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३ महिनासम्म सीसीटीभी दृश्य सुरक्षित राख्न गृहको निर्देशन



१० साउन ०७९, काठमाडौं।   गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी दृश्य तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ ।  गृहसचिवस्तरको निर्णयबाट मन्त्रालयले सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो ।

मन्त्रालयले आफू मातहतका आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई तीन महिनासम्म
सीसीटीभी दृश्य सुरक्षित राख्न भनेको हो ।

मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन गर्ने पनि जानकारी दिएको छ । सिंहदरबारभित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबारभित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ ।

सरकारले यसअघि ल्याएको सीसीटीभीको प्रयोगसम्बन्धी कार्यविधिमा तीन महिनासम्म फुटेज सुरक्षित राख्नुपर्ने उल्लेख छ ।  अर्थ मन्त्रालयले १३ दिनभन्दा बढीको दृश्य नरहने जवाफ दिएपछि अहिले सीसीटीभी दृश्यको सुरक्षाका विषयमा प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।