२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कोरोना हरेक दिन उकालो लाग्दै, आज ७ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि




१२ साउन ०७९, काठमाडौं । आज पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन १४ प्रतिशत बढी हो । आज दुई हजार ५ सय ४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ र दुई हजार ४ सय ८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।
आज २१५ सङ्क्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २ सय ३६ पुगेको छ । आज ५९ हजार ४ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।