२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डा बाबुराम भट्टराई पक्षबाट भयो नेपाल समाजवादी पार्टी दर्ता




१२ साउन ०७९, साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ । सो समूहले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका हुन् ।
आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिए । “यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले आज वैधानिकता पाएको छ”, उनले भने ।
सो पार्टीको निर्वाचन चिह्न आँखा रहेको छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुङ्ग्याउने उनले बताए । “एक÷दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुङ्गो लगाउँछ”, नेता पोखरेलले भने ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।