
१३ साउन ०७९, काठमाडौं । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्ने पत्र अमेरिकालाई पठाएको छ । परराष्ट्रमन्त्री
आज संसदमा विशेष समय लिएर बोल्दै मन्त्री खड्काले आन्तरिक परामर्श गर्नुपर्ने भएकोले अमेरिकालाई पत्र पठाउन केही ढिलो भएको बताए । तर यसमा कुनै संशय व्यक्त गर्न आवश्यक नरहेको उनले बताए ।
सरकारले असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमै रहेका बेला सरकारले एसपीपी अस्वीकार गरेको पत्र पठाइसकेको सार्वजनिक घोषणा गरेको हो ।







प्रतिक्रिया