८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंका धराप फुटपाथमा सकसपूर्ण पैदलयात्रा (तस्विरहरु)



त्रिपुरेश्वरमा पर्खाल भत्केपछिको फुटपाथ ।

न्युज एजेन्सी नेपाल

१४ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ ।

लगनखेल सातदोवाटो सडकको फुटपाथ ।

दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भइ ढुक्कसँग हिँड्न योग्य छैनन् । देशको संघीय राजधानी शहर काठमाडौंमा चिल्ला सडक, सफा अनि ह्विलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् ।

वालकुमारी सडकको फुटपाथमा रहेको खाल्टो ।

खाल्डोखुल्टी,फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ

ललितपुर थसिखेल फुटपाथमा फ्याकिएको फोहोर ।
पाटनको अग्नीशाला नजिकै फुटपाथमा रहेको रुख ।
बानेश्वरको फुटपाथमा पार्क गरिएका मोटरसाइकलहरु ।
बानेश्वरको फुटपाथमा नेपाल प्रहरीले आन्दोलनकारीलाई रोक्न राखेको काँडेतार ।
सानेपा सडकमा राखिएको निर्माण सामाग्री ।
सातदोवाटो लगनखेलमा फुटपाथ भत्काएर सडकमै राखिएको निर्माण सामाग्री ।
काठमाडौं दरवारमागमा भत्केको फुटपाथ ।
मंगलबजार सडक हुँदै गन्तव्यतर्फ जाँदै यात्रु ।
सानेपा फुटपाथमा लगाइएको रुख ।
चापागाँउको हिलाम्मे सडक ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : ०१ बजे