
१५ साउन ०७९, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई नियुक्त गर्न सिफारिस गरेका छन् । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रचण्डले शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरहेका हुन् ।
शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिनुभएको थियो । तर संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।







प्रतिक्रिया