
१५ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ ।
जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २९ हजार २२९ पुगेको छ ।







प्रतिक्रिया