
१५ साउन ०७९, काठमाडौं । संसदमा विवादको घेरामा परेर अनुमोदन भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९सभामुख अग्निप्रसाद सापकोटाले ‘ आज प्रमाणित गरेका छन् ।
सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ ।
लामो समयसम्म संसद र संसदीय समितीमा छलफलपछि अन्तिम समयमा सरकारले विद्ययक फिर्ता लिएर नयाँ विद्ययक ल्याएको थियो ।
प्रमुख प्रतिपक्ष दलले विरोध गरेको सो विद्ययक सत्ता पक्षका नेकपा माओवादी र नेकपा समाजवादीका कतियय सासंदहरुले संशोधन प्रस्ताव राखे पनि पार्टीको निर्देशनपछि फिर्ता लिएर समर्थन गरेका थिए । तर नेकपा एमाले भने सो विद्ययक पारित गर्ने समयमा मौन बसेको थियो । विद्ययकमा विदेशी नागरिकलाई विवाहलगत्तै नागरिकता दिन मिल्ने प्रावधान राखिएको छ । भारतलगायतका देशहरुमा लामो समय कुरेपछि मात्रै नागरिकता दिने प्रचलन छ ।
१५ श्रावण २०७९, आइतबार
0
Shares







प्रतिक्रिया