३ माघ २०८१, बिहिबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलको मूल्य आईओसीले प्रतिलिटर १६ रुपैयाँ घटाएर पठायो



१६ साउन ०७९,काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य घटाएर पठाएको छ ।

समोबार पठाएको नयाँ मूल्यसूची अनुसार अनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको आयल निगमले जनाएको छ ।

आईओसीले अघिल्लो पटक पनि पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । भारतबाट घटेर आए पनि आयल निगमले घटाएको थिएन ।

अव नेपालमा मूल्य नघटाए निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिव १० रुपैयाँ नोक्सानी रहने निगमले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : २७ बजे