१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा भवन निर्माणमा नयाँ मापदण्ड लागू



१७ साउन ०७९, ललितपुर । ललितपुर महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड लागू गरेको छ । १५ साउनदेखि लागू गरेको नयाँ मापदण्ड अनुसार अब १७ मिटर उचाइसम्म आवासीय तथा व्यापारिक भवनहरुमा संधियारतर्फ भेन्टिलेसन नराख्ने भएमा टाँसिएको भवन निर्माण गर्न दिने उल्लेख छ ।

२०७२ सालको भूकम्पपछि ललितपुर महानगरपालिकाले टाँसिएर घर बनाउन दिएको थिएन । १७ मिटर भन्नाले ५ तल्ला बुझ्नुपर्ने महानगरले जनाएको छ ।

यस्तै दुई तल्लासम्मको भूमिगत तल्ला निर्माण गर्नका लागि चारैतर्फ कम्तीमा २ मिटर र माटोको अवस्था हेरी जियोटेक्निकल इन्जिनियरले वरिपरिको सुरक्षाका लागि डिजाइन गर्ने प्रोटेक्सन सिस्टमलाई आवश्यक दुरी छोडेर मात्रै निर्माण स्वीकृत दिइने महानगरले बताएको छ ।

वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण दोस्रो संशोधित मापदण्ड २०७८ को संशोधन २०७९ जेठ १६ गते अनुसार महानगरले नयाँ मापदण्ड ल्याएको ललितपुर महानगरपालिकाका सहरी विकास तथा पूर्वाधार महाशाखाका इन्जिनियर बलराम महर्जनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ०८ बजे