
१७ साउन ०७९, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित एक जना उपसचिवलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको रहेका छन् । अख्तियारले उनको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद भएको जनाएको छ ।
आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ । उक्त रकम पनि उपसचिव नेपालले घूसबापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अगाडि बढाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा निवेदन दिएका थिए । उनले त्यो निवेदनलाई अड्काएर रकमको मोलमोलाई गरेको अख्तियारको दाबी छ । त्यसपछि उनीमाथि अख्तियारको टोलीले निगरानी बढाएको थियो ।







प्रतिक्रिया