२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ठेचोे बाह्र वर्षे जात्रा तयारी सुरु (तस्विरहरु)



(लेन्सः प्रशान्त मालीको फेसबुकबाट)

१८ साउन ०७९, ठेचो । नवदुर्गा भवानी नाचको १२ वर्षे जात्रा ठेचोमा सुरु भएसँगै मन्दिर परिसरमा अस्थायी घर निर्माणको काम धमाधम भइरहेको छ ।


स्थानीय देवगणले नजिकैको जंगलबाट काठ बाँस ल्याई मन्दिर परिसरमा अस्थायी घर निर्माण गर्न थालेका छन् । स्थानीय भाइलाले माली अस्थायी घरमा बसेर यात्राको तयारी गरिने बताए । भने, यहाँ बसेर श्वेत भैरव नाचलगायत नाचको प्रशिक्षणलगायतका काम गरिन्छ ।


उनका अनुसार गथामुग चह्रेका दिन मन्दिरमा लगाइएको ताल्चा एक महिनापछि खोलिन्छ । त्यसपछि साइत हेरेर तीनपानेबाट काठ ल्याइन्छ ।
गोदावरी १२ का वडाध्यक्ष जगतबहादुर महर्जनले जात्राको नियम लागू भएसँगै रातको समयमा गाँउमा हिडडुल गर्न नहुने बताए ।


मुख्य जात्रा भने दशैतिरबाट मात्र सुरु हुन्छ । फुलपातीमा यज्ञ र बली दिइन्छ भने कोजाग्रत पूर्णिमाको दिन भोज खुवाइन्छ । जात्रा यसै बर्षको चैत्रतिर समापन हुन्छ । ३४ जना परिवार सदस्य रहेको गुठीले यो जात्रा आयोजना गर्ने गर्दछ ।
जात्रा का लागि ७० लाखभन्दा धेरै खर्च हुने गुठीको अनुमान छ । यसका लागि गोदावरी नगरपालिकाले ५० लाख जात्रा सञ्चालन खर्च दिएको छ ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ६ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।