१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ सडक जनै पूर्णिमापछि खुल्ने




ललितपुर खबर
१९ साउन ०७९, चापागाँउ । सडक ढलानका कारण गत २ महिनादेखि बन्द चापागाँउ सडक (यही साउन २७ गते) जनै पूर्णिमापछि खुल्ने भएको छ ।
गोदावरी नगरपालिका ११ का वडाध्यक्ष निलबहादुर देसाले एक दुई दिनबाट मोटरसाइकल गुड्न दिने तयारी भएको बताए । उनले भने, ‘साना गाडी खोलौ भने ठूला ट्रक आउछन् । हामी जनै पूर्णिमापछि हल्का गाडी मात्रै चल्न दिन्छौं । ठूला ट्रक चलाउन अझैं २० देखि २५ दिन पर्खनु पर्छ ।’
ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाँउ बजारमा यातयात चल्न नपाउदा हजारौ यात्री सास्ती खेप्न बाध्य छन् ।
नवजानुका जेभिले २ महिना लगाएर चापागाँउको ज्योतिविहारदेखि टुसालसम्म ७ सय मिटर सडक ढलान गरेको हो ।
सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्क झ्यालीपाटी सडकमा सरेको थियो । पछिल्लो समय लेले टिकाभैरवको बस छम्पी हुँदै लगनखेल जाने गरेको छन् ।
स्थानीय टाहाखेल, झरुवाराशी,चारघरे, न्यौपानेगाँउलगायतका यात्रु बस चढ्नकै लागि ४५ मिनेटसम्म हिडेर आउजाउ गर्नु पर्ने बाध्यता छ ।
सडक विभागले ठेक्का करिव ४ करोड रुपैयाँमा लगाएको यस सडक नवजानुका जेभिले ठेक्का पाएको हो ।
चापागाँउ गोदावरी नगरपालिकाको गोदावरी लेले,छम्पी, डुकुछाप रदेविचौका साथै दक्षिण ललितपुरको वागमती, कोञ्ज्योसोम र महाँकाल गाँउपालिकाको केन्द्रको रुपमा स्थापित छ । काठमाडौं उपत्यका आउजाउ गर्न उत्तरी मकवानपुरका भिमफेदी बकैया र वागमती गाँउपालिकाका स्थानीय चापागाँउ बजारको बाटो प्रयोग गर्छन् ।
नवजानुका जेभिका प्रतिनिधि लेखनाथ अधिकारीले खानेपानीको पाइप मर्मत गर्न निरन्तर सडक खनेपछि काममा बाधा भएकाले केही ढिला गरी उलान सकिएको बताए ।

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : ०७ बजे