७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गौतमश्री सहकारीका फरार अध्यक्ष कार्यालयमा, भने, ‘पैसा दिन्छु’




२१ साउन ०७९, काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारीका फरार अध्यक्ष रामबहादुर गौतम प्रहरी सुरक्षाबीच काठमाडौंको कुलेश्वरस्थित केँिद्रय कार्यालय आइपुगेका छन् ।
अध्यक्ष गौत्तम कार्यालय आएपछि निक्षेपकर्ताले उनलाई माला लगाएर स्वागत गरेका थिए ।
उनले कार्यालय फर्केपछि आफू भर्खरै भारतबाट आएको र सबैको पैसा विस्तारै फिर्ता गर्ने बताएका छन् । उनले भने, ‘सहकारीको पैसाभन्दा सम्पती धेरै छ । मेरै जग्गा बेचेर भएपनि तिर्छु । केही समय दिनुस् ।’
उनले एकै पल्ट सबैले पैसा मागेको खण्डमा आफूले दिननसक्ने बताएका थिए । उनले शनिबार पनि कार्यालय खोल्ने र सबैजनालाई भेट्ने बताएका छन् ।
पछिल्लो समय कार्यालयमा अध्यक्ष गौत्तम नआउदा अध्यक्ष सबै सम्पती लिएर फरार भएको भन्दै सर्वसाधारणको पैसा फिर्ता लिन भीड लागेको थियो । संकटको बेला सर्वसाधारणले व्याज मिनाहा गरिदिनु पर्ने उनको भनाई थियो ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।