१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भैंसेपाटी सडकमा आन्दोलित स्थानीयबासीसँग सहमतीपछि खुल्यो




२२ जेठ ०७९,ललितपुर । भैंसेपाटी सडक दशैं अगाडि नै सम्पन्न गर्ने सहमति भएको छ । सडक मर्मत समयमै नभएको भन्दै स्थानीयबासी आन्दोलित भएपछि आइतबार नै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको विशेष पहल एवं स्थानीयवासी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीको समन्वयमा भएको वार्तापछि सडक आन्दोलन फिर्ता भएको हो ।
भैंसेपाटी सडक विस्तार पीडित समूहको आयोजनामा शनिबार र आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म स्थानीय बासिन्दाहरूले स्वतस्फूर्त रुपमा भैंसेपाटी सडक बन्द कार्यक्रममको आयोजना गरेको थिए
आइतबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय ललितपुरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आयोजना प्रमुख कृष्ण ओझा, ठेकेदार शान्तकुमार श्रेष्ठ, स्थानीय वडा अध्यक्षद्वय दामोदर खड्का र दौलत खत्री, महानगरपालिकाका बोर्ड सदस्य विकास कुमार रोक्कालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, भैसेपाटी, बुंगमती, खोकना, छम्पी लगायतका स्थानीयहरू, जिल्ला सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठकमा आयोजना प्रमुख तथा ठेकेदारले सोमबार बिहानदेखि नै बाटोको खाल्डाखुल्डी टाल्ने र लगातार कामहरु गर्दै दशैं अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको छ ।


सो सम्बन्धित लिखित सहमति पत्र ठेकेदारले आयोजना प्रमुखलाई बुझाउने र आयोजना प्रमुखले सम्बन्धित वडा अध्यक्ष हरुलाई लिखित पत्राचार गर्ने निर्णय गरिएको छ ।
सडक मर्मत नभएको भन्दै विस्तार पीडित समूहले शनिबारदेखि सडक अवरुद्ध गर्दै आएका थिए । शनिबार पनि सडक बन्द गरेको समूहले आइतबार बिहान ८ देखि ११ बजेसम्म सडक बन्द गरेका थिए ।
गएको ६ वर्षअघि २ वर्ष समयावधि सडक विस्तार सम्पन्न गर्ने कार्यक्रम सम्झौता भएको भएपनि ६ वर्ष वितिसक्दा पनि यो आयोजना सम्पन्न हुन सकेको छैन ।
सडकमा खाल्डाखुल्डी र धुलो धुवाँ र मूलसडकमा पनि अनियन्त्रित ट्रिपर गुड्ने गरेको स्थानीयले बताएका छन् ।
पछिल्लो समय चापागाँउ सडक ढलानको काम भएकोले नल्लु टिकाभैरव क्षेत्रमा सञ्चालित ढुंगा खानीबाट उत्पादित निर्माण समाग्री बोकेका टिपर यही सडक भएर गुड्ने गरेका थिए ।

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ४ : २९ बजे