२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यही पुसबाट सञ्चालन हुँदै




२२ साउन ०७९, पोखरा । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।
प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २ सय हेक्टर क्षेत्रफलमा निर्माण भएको हो । उक्त विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्र्तराष्ट्रियस्तरसँग सिधा जोडिनेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।