१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरका सार्वजनिक स्थल वरपर सूर्तिजन्य पदार्थ विक्री गर्न निषेध




२४ साउन ०७९,ललितपुर । ललितपुर महानगरले महानगरभित्र सार्वजनिक स्थल १ सय मिटरभित्र वरपरसूर्तिजन्य पदार्थ बेचबिखन गर्न निषेध गरेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएका हुन् ।
सोमबार नगर प्रहरी बलले अनुगमन गरि सूर्तिजन्य पदार्थ विक्रि वितरण नगर्न आग्रह गरेको थियो ।
न्गरप्रहरी प्रमुख सीताराम हाछेथुले सोमबार पत्र पठाउँदैं सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई उक्त कार्य नगर्न आग्रह गरेको बताए । उनले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ परिच्छेद ३ दफा ११ को उपदफा ३ बमोजिम शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रदान गरी तोकिएको सार्वजनिक स्थानबाट कम्तिमा १ सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने व्यवस्थालाई सम्झाउँदैं उक्त पत्र पठाएको बताए । नगरप्रहरी प्रमुख हाछेथुले भने, हामी ७ दिन सम्झाउछौं । त्यसपछि कारवाही गर्छौं ।
उनले सूर्तिजन्य पदार्थको विक्रि वितरण अनुगमनर कारवाही स्थानीय निकायले गर्नसक्नेकानूनी आधिकार कार्यान्वयन गर्न नगर प्ररही सक्रिय रहेको बताए ।
उनले नगरभित्र पानपराग करेन्टलगायत सूर्तिजन्य पर्दाथ डिस्प्ले गर्न समेत निषेध गरिएको बताए ।
‘आज हामीले ३८ वटा पसलहरुलाई सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बेचबिखन नगर्न पत्र पठाएका छौं,’ उनले भने, ‘अब बाँकीलाई पनि हामी पत्र दिन्छौं ।’ नगर प्रहरी बलले सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थप्रति आकर्षित हुने गरी बिक्रीस्थलमा सजावट र प्रदर्शन गर्न पनि रोक लगाएको छ । नगर प्रहरी बल प्रमुख हाछेथुसहितको टोलीले विभिन्न पसलहरुको अनुगमन गरेर प्रदर्शन तथा सजावट गरेका सूर्तिजन्य पदार्थसमेत हटाएको थियो । पत्रपछि यसको कार्यन्वयन नगर्नेलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनअनुसार १० हजार रुपैयाँसम्म जरिवाना हुने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : ५६ बजे