६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता



२४  साउन ०७९, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै असोज चौथो साता पहिलो हुने निर्वाचित हुने प्रणाली ‘प्रत्यक्ष’तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने भएको हो । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेससम्म उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । मंसिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
आगामी चुनावबाट प्रत्यक्षतर्फ एक सय ६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ तीन सय तीस जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

समानुपातिकतर्फको निर्वाचनका लागि साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज दुई र तीन गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । समानुपातिकतर्फ एक सय १० जना प्रतिनिधि सभा सदस्य तथा दुई सय बीस जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।