२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौंको नरदेवीबाट लाखौं पर्ने भन्सार छलीका सामान बरामद



२५ साउन ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका १८ नरदेवीमा गैरकानुनी रूपमा भन्सार छलि ल्याएको १ हजार ९ सय ६ थान छालाको पेटी र ५ हजार २ सय ९४ थान छालाको पर्स सहित काठमाडौं ठँहिटी बस्ने सप्तरी राजविराज नगरपालिका ४ घर भएका ४२ वर्षीय गणेश भगतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उक्त स्थानमा भन्सार छलिको सामानहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त छालाको पेटी र पर्स सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौंचर काठमाडौं पठाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।