१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लगनखेल साइकल लेनको पोल फ्याकियो,सडकभरि फोहोर, यात्रुलाई बाधा




२५ साउन ०७९, लगनखेल

ललितपुर लगनखेल सातदोवाटो सडकस्थित साइकल लेनमा राखिएकोे ब्यारिकेडेट पोल निर्माण गरेको १५ दिनमै झिकेर फ्याकिएको छ ।
महानगरले वडा नं. १५ लगनखेलको बटुक भैरवदेखि ६ सय मिटर अगाडि सातदोबटोसम्म राखिएको पोल अज्ञात व्यक्तिले झिकेर फ्याकेको हो ।
ढलान किलाले अड्काइएका प्लाष्टिकका ती पोल फुटपाथमा दर्जनभन्दा धेरै संख्यामा फ्याकिएको देख्न सकिन्छ । सातदोवाटोमा पसल सञ्चालन गरेर बसेकी एक व्यापारीका अनुसार राखेको एक हप्ता नपुग्दै आफूले फुटपाथमा पोलहरु झिकेर फ्याकेको अवस्थामा देखेको बताइन् । उनले भनिन्, ‘मैले त राखेको नमिलेर निकालेको भन्ने सोेचेको थिए । आजकल त धेरै वटा फ्किएको छ ।’


महानगरका प्रवक्ता राजु महर्जनले ब्यारिकेडेट पोल साइकल लेनमा कस्तो हुने रहेछ भनेर ट्रायलका लागि राखिएको बताए । उनले भने, ‘हामीले जनताको प्रतिकृयाका लागि यो राखेका हौं । राम्रो प्रतिकृया आए विस्तार गर्ने योजना छ ।’
उनका अनुसार यो प्रयोग एक नीजि कम्पनीले निशुल्क राखिदिएका हो । साइकल लेनमा त्यस कम्पनीसँग महानगरले सम्झौता गरेर किनेर अन्य ठाँउमा राख्नका लागि मौखिक सहमती भएको बुझिएको छ ।
महानगरकै एक वडाध्यक्षले नाम नबताउने शर्तमा सडकमा साइकल लेनमा पोल राखेर अरु सवारीसाधनलाई बाधा पुगेको बताए । उनले आलोचना गर्दै भने, ‘महानगरले सक्कने भए फराकिला सडकमा साइकल लेन बनाउनु नि । सधै भीड हुने साधुरा सडकमा साइकल लेन बनाउदा सबैलाई बाधा परेको छ ।’
साइकल लेनमा राखिएका यस्ता पोलका कारण साइकलयात्रीलाई सहज बनाउने भन्दै महानगरले राखेको पोलभित्र अझैं काटेर फ्याकिएको रुखका हागा,माटो, ढुंगालगायतका सामान असरल्ल फ्याकिएको छ । लामो समयसम्म साइकल गुड्न नदिई निर्माण सामाग्री फ्याक्दा फुटपाथका यात्रु समत सडकबाटै हिड्नु पर्ने बाध्यता छ । एक यात्रुले आक्रोस पोख्दै भने, ‘महानगरले यो सबै नाटक गरेको हो । जनतालाई दुःख दिन नीजि कम्पनीको सामान विकाउने खेल हो ।’
महानगरले साधुँरो सडकमा साइकल लेन बनाउदा यसको नकारात्मक प्रभाव परेको यात्रुहरु बताउदै आएका छन् । जनताले तिरेको लाखौ कर खर्च गरेर साइकल लेन भन्दै सडकमा रंग पोत्न छोडेर महानगरले दिगो र भरपर्दो संरचनामा खर्च गर्नु पर्ने महानगरबासीले माग छ ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ५५ बजे