६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २९४ सहित नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण



२७ साउन ०७९,काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९४ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २१२, भक्तपुरमा १९ र ललितपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८४५ पुगेको छ । उपत्यकाबाहिर सबैभन्दा धेरै आज कास्कीमा ६८ जना संक्रमित देखिएका छन् । कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।