६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



२८ साउन ०७९,काठमाडौं । नेपालमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार १६५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक हजार ३९९ नमुनाको पीसीआर परीक्षण गर्दा १६२ र एक हजार ७६६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९८६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५०१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ७५ हजार ३०७ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।