२९ साउन ०७९,काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुग्नु भएको छ । उहाँ आइतबार बिहान काठमाडौं आइपुग्नु भएको हो । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उहाँ काठमाडौं आउनु भएको हो ।
साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’
प्रतिक्रिया