८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरले सुन्दरीघाटमा फोहोर फाल्न थाल्यो,स्थानीयले गरे विरोध



ललितपुर खबर
३० साउन ०७९, ललितपुर । ललितपुरको अपलडोल सुन्दरीघाटस्थित मल पोखरीमा ललितपुर महानगरका गाडीले फोहोर फ्याकेपछि स्थानीयबासीले विरोध गरेका छन् ।
आइतबार महानगरको नगरप्रहरीले फ्याकिएको फोहोरमा गन्ध नआउने औषधी छर्न आएपछि स्थानीयले घेराउ गरेर अवरोध गरेका हुन् ।
स्थानीय विवेशजंग बस्नेतले हरेक विहान ४ बजेदेखि मल पोखरीनजिकै वागमती नदिको किनारबाट महानगरका कर्मचारीले फोहोर बगाउने गरेको बताए । उनले भने, ‘हरेक दिन रातको ११ बजेपछि फोहोर ल्याएर यहाँ फ्याकेपछि हामीले अवरोध गरेका हौं ।’
उनका अनुसार यस क्षेत्रमा फोहोर फ्याकेपछि दुर्गन्धले बस्नै गाह्रो भएको छ ।
स्थानीयले मेयर महर्जन नआएसम्म फोहोरको गाडी नफर्काउने भन्दै अवरोध गरेपछि नगर प्रहरी प्रमुख सिताराम हाछेथु वागडोल पुगेका थिए ।
मल पोखरीको फोहोर उठाउनु पर्ने स्थानीयको माग पनि नगर प्रहरी प्रमुख विना सहतमी फर्केका छन् । फोहोरको गाडी स्थानीयले महानगरिय प्रहरी प्रभाग मा बुझाएका छन् ।
स्थानीय बस्नेतले आज ११ बजे नगरपालिकामा छलफलका लागि आफूहरुलाई बोलाएको बताए । उनले भने, ‘बस्तीको बीचमा हामी फोहोर फ्क्न दिदैनौं ।’
नगरप्रहरी हाछेथुले आफूहरु फोहोर फ्याक्न नभई दुगन्ध हटाउनका लागि चुन राख्न गएको बताए । उनले भने,‘त्यहाँ दिर्घकालीन फोहोर फ्क्याने योजना चाही होइन ।’

 

अपलडोल सुन्दरीघाट

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ०६ बजे